Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक दिक्षान्त समारोह गर्दै

प्रधानमन्त्री ओली जुम्ला आउने

Advertisement

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोह भदौ २३ गते हुने भएको छ । दिक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली समेत उक्त दिन जुम्ला आउने भएका छन ।

स्थापनाको १३ वर्षपछि हुन लागेको दिक्षान्त समारोह प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षितका लागि योग्य छन् । शिक्षाध्यक्ष डा। डबलबहादुर धामीले जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरी ५६ विद्यार्थी पास आउट भएको बताए ।

प्रतिष्ठानका उपकुलपति डा। मंगल रावले प्रथम दिक्षान्त समारोह स्वीकृतीका लागि कुलपति ओली समक्ष पत्र पठाएका थिए । सोही पत्रको आधारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार विहान १०ः३० बजे स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दीक्षान्त समारोह गर्नका लागि स्वीकृत दिइएको हो ।

प्रतिष्ठानबाट अहिलेसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा पनि दुई ब्याचको १३ जना र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडीयाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना पास आउट भएका छन्। उनीहरु सबै दिक्षित हुनेछन् ।

दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रोफेसर डां अन्जनीकुमार झा र स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि जुम्ला आउँदैछन् । प्रधानमन्त्री ओलीले उक्त अवसरमा प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन ९एकेडेमिक विल्डिङ० को समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आँखा केन्द्रको उद्घाटन र इएमआरको हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । आँखा केन्द्र तिलगंगा आँखा प्रतिष्ठान र इएमआर विश्व स्वास्थ्य संगठनको सहयोगमा सुरु हुन थालेका हुन ।

बरिष्ठ आँखा विज्ञ डा. सन्दुक रुईत, विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा। राजेश सम्भाजीराव पाण्डबको कार्यक्रममा सहभागिता रहने शिक्षाध्यक्ष धामीले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला विसं २०६८ साल देखि सञ्चालनमा आएको हो । अहिले एमबीबीएस तथा नर्सिङका अन्य कार्यक्रम समेत सुरु भएका छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search