Karnali Aawaj

Advertisement
Advertisement

कर्णालीमा चार सयभन्दा बढी स्थानीय उद्योग खारेज

Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा चार सयभन्दा बढी उद्योग खारेज भएका छन । आव २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ उद्योग खारेज भएका हुन् ।

कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार कर्णालीका १० वटा जिल्लामा गरी गत आवमा ४१० वटा उद्योग खारेज भएका छन् । सबैभन्दा धेरै प्रदेश राजधानी सुर्खेतका १६६ वटा खारेज भएका छन् । त्यसपछि जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटका समान २८/२८, रुकुमपश्चिमका २२, हुम्लाका सात, मुगुका छ वटा उद्योग खारेज भएको निर्देशनालयले जनाएको छ । डोल्पामा कुनै पनि खारेज नभएको जनाइएको छ ।

सो आवमा एक हजार ७९५ वटा उद्योग नयाँ दर्ता भएका छन् भने दुई हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सुर्खेतमा नयाँ ६७१ वटा र नवीकरण ९२१ वटा भएका छन् । यसपछि जुम्लामा नयाँ २०४ वटा र नवीकरण २३७ वटा भएका छन् । दैलेखमा १५६ वटा नयाँ र १५६ वटा उद्योग नवीकरण भएका छन् ।

त्यसै गरी सल्यानमा नयाँ उद्योग १३२ र नवीकरण २३६, जाजरकोटमा नयाँ १५३ र नवीकरण ८३, रुकुमपश्चिममा नयाँ एक सय र नवीकरण ७४ वटा उद्योग भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै मुगुमा नयाँ उद्योग दर्ता १११ वटा र नवीकरण ५१ वटा, कालीकोटमा नयाँ उद्योग दर्ता १२२ वटा र नवीकरण १३१ वटा, डोल्पामा नयाँ उद्योग दर्ता ९३ वटा र नवीकरण ७९ वटा र हुम्लामा नयाँ दर्ता ५३ वटा र नवीकरण ८७ वटा भएका छन् ।

निर्देशनालयका सूचना अधिकृत एवं प्रशासकीय थिरबहादुर श्रेष्ठले खारेज हुनेमा धेरै जसो होटेल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग रहेको जानकारी दिए । पुरानो उद्योग खारेज नगरेपछि अर्को उद्योग खोल्न नपाइने र धेरै जरिबानामा परिने भएकाले साना लगानीमा सञ्चालन गरिएका उद्योग धमाधम खारेज गर्ने गरिएको उनले बताए ।

कर्णालीमा ठुला उद्योग स्थापना तथा दर्ता भएका छैनन् । निर्देशनालयलाई पाँच करोड रुपियाँसम्म पुँजी भएका उद्योग दर्ता तथा नवीकरण गर्ने अधिकार छ । विद्युत्को समस्या, कच्चा पदार्थको अभाव, महँगो जमिन र लगानीका कारण ठुला उद्योग स्थापना हुन कठिन छ । सूचना अधिकारी श्रेष्ठले साना लगानीका उद्योग खारेज गर्ने क्रम चलिरहेकाले साना उद्योग र उद्योगीलाई बचाउनुपर्ने बताए । कर्णालीमा आव २०७९/८० मा प्रदेशभर तीन हजार ८४० नयाँ उद्योग दर्ता भएका थिए भने तीन हजार ५८३ वटा उद्योग नवीकरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

सुर्खेत । कर्णाली प्रदेशको विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्त...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search