Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना घाइते

Advertisement

जाजरकोट । जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन ।

भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटना भएको हो । गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिका सहित १७ जना घाइते भएका छन ।

दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार सामान्य घाइतेहरुको कुदु स्थित स्वास्थ्य चौकीमा उपचार भइहेको छ ।

यस्तै बारेकोट गाउँपालिकाको लिम्साबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका ४ बाउसेखोला नजिक दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन ।

जीपमा सवार ७ जना मध्य गम्भिर चोट लागेका ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ । सडकमै जीप पल्टिएर घाइते भएका  तीनैजना बारेकोट गाउँपालिका २ लिम्साका रहेका छन ।

बाउसेखोलाको दुर्घटना गाडीको ब्रेक फेल भएर भएको भनिएपनि कुदुको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search