Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

नलगाड उपनिर्वाचन : आफु निर्वाचित भए कुनै सुविधा नलिने एमाले उम्मेदवार बोहराको घोषणा

Advertisement

जाजरकोट । नेकपा एमालेको तर्फबाट नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार सुनिता बोहराले आफु निर्वाचित भए कुनै सेवा सुविधा नलिने घोषणा गरेकी छन ।

यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेकी बोहराले उपप्रमुखमा निर्वाचित भए उपप्रमुखले राज्यबाट पाउने कुनैपनि सेवा सुविधा नलिई नगर भित्रका गरिब तथा विपन्न नागरिकलाई प्रदान गर्ने बताइन । आफ्नो उम्मेदवारी नलगाडबासीको सेवाका लागि भएको भन्दै बोहराले त्यो बाहेकको अन्य कुनै स्वार्थ नरहेको बताइन ।

‘मेरो उम्मेदवारी दुइचार पैसा कामाउनका लागि होइन, गाडीमा बसौला भनेर पनि होइन, बोहरा भन्छिन, म संग आफुलाइ चाहिने सम्पत्ति छदँैछ । म विशुद्ध नगरवासीको सेवा गर्न चाहान्छु ।’

आफु यसअघि पनि जनतासंग पुगेकोले यसपटक नलगाडवासीले आफुलाई जिताएर न्याय गर्ने बोहराको विश्वास छ । ‘म नलगाड मै जन्मिएकी हुँ, यहि हुर्किएकी हुँ, मैले जति अरुले यहाँको समस्या र सम्भावना बुझेको जस्तो लाग्दैन बोहरा भन्छिन, यस कारण पनि नलगाडको उपमेयर पद मेरो लागि र आम नलगाडबासीको लागि उपयुक्त र न्यायोचित हुन्छ ।’

लामो समय अनेमसंघको जिल्ला नेतृत्व गरेकी बोहेरा हाल नेकपा एकाले जाजरकोट जिल्ला कमिटीकी उपसचिव छन ।

विशेषगरी महिलाहरुको हक अधिकारका विषयमा सक्रिय रहेको भन्दै आफुलाई सम्पूर्ण महिलाहरु सहित आम नगरवासीले साथ, सहयोग र न्याय गर्ने कुरामा उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search