Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

नलगाडमा आत्तियो माओवादी : एमालेप्रति जनताको समर्थन देखेपछि उम्मेदवारको गाडी तोडफोड

Advertisement

जाजरकोट । जिल्लाको नलगाड नगरपालिकामा चुनावी प्रचारमा रहेका नेकपा एमालेको उम्मेदवारको गाडीमाथि तोडफोड भएको छ । यहि मंसिर १६ गते हुने नलगाड नगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता बोहराको गाडीमा तोडफोड गरिएको हो ।

नलगाड नगरपालिका १ चिउरी गाउँमा प्रचारमा रहेकी बोहराको गाडीमा माओवादीका कार्यकर्ताहरुले विहिवार बेलुका ढुंगामुडा प्रहार गरी तोडफोड गरेको एमालेले जनाएको छ । आफ्नो पार्टीप्रति जनताको बढ्दो समर्थन देखेर आत्तिएका माओवादीका कार्यकर्ताहरु आक्रमणमा उत्रिएको एमालेले आरोप छ ।

लोकतन्त्रमा सबैले स्वतन्त्र रुपमा प्रचार प्रशार गर्न पाउने अधिकार भएपनि माओवादीहरु पराजित हुने भयले आक्रमणमा उत्रिएको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्तीले बताए । ‘यो या त्यो ढंगले नलगाडमा शासन गर्दै आएको माओवादीको पछिल्लो समयमा जनमत गुम्दै गएको छ, यो निर्वाचनमा पराजित हुने देखेपछि भौतिक आक्रमणमा उत्रिएको देखियो, उपाध्यक्ष घर्तीले भने एमाले यस्ता हर्कतहरुबाट डराउदैन । सशक्त प्रतिकार गरेर अगाडी बढ्छ ।’

सडकमा गाडी छोडेर गाउँमा स्थानीयहरुसंग भेटघाट गर्न गएको बेला आफु चढ्ने गाडीमा ढुंगामुढा गरिएको उम्मेदवार बोहराले बताइन । आफ्नो जित निश्चित देखेपछि माओवादीले गाडीमाथि ढुंगामुडा गरेर मतदाता तर्साउन खोजेको उनको आरोप छ ।

प्रहरीले भने एमाले उम्मेदवारको गाडीमा तोडफोड गर्नेको पहिचान भइनसकसेको बताएको छ । आफुलाई एमाले उम्मेदवारको गाडी तोडफोड भएको जानकारी आएपनि कस्ले गरेको भन्ने विषय स्पष्ट भइनसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद भट्टराईले बताए । ‘एमाले उम्मेदवारको गाडीमा तोडफोड भएको कुरा आएको छ, घटनास्थलमा प्रहरी निरिक्षक नेतृत्वको टोली पुग्दै छ, डिएसी भट्टराईले भने, त्यसपछि मात्र घटनाको विषयमा क्लिएर हुन्छ ।’

लु२च ६२२४ नम्बरको उक्त गाडीमा एमाले उम्मेदवार सुनिता बोहरा सहित पार्टीका पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज भैरवसुन्दर श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य एवम् भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती लगाएतका नेताहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search