Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध कायमै

Advertisement

सुर्खेत । उच्च अदालतले रिट खारेज गर्दापनि कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको अवरोध कायमै छ । स्थानीयले अवरोध जारी राखेपछि बाँकेको बानियाभारमा ३ वटा टावरको काम अघि बढ्न सकेको छैन ।

बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको छ । टावरमुनिको पनि मूल्यांकन भइरहेको छ । अबको केही दिनमा यो पनि सक्ने तयारी छ । तर बानियाभारको काम अझै सुरु हुन सकेको छैन ।

उचित मुआब्जा पाउनुपर्ने अडान राख्दै आएका स्थानीयबासीहरूले आयोजनाको काम अघि बढाउन दिएका छैनन् । आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार स्थानीयसँग निरन्तर छलफल भइरहेको छ ।

‘अदालतले उचित क्षतिपुर्ति दिएर काम गर्न भनेको थियो । त्यसका लागि आयोजना तयार भए पनि स्थानीय मान्न तयार भएनन्,’ उनले भने, ‘स्थानीयलाई क्षतिपुर्ति दिने प्रक्रिया अघि बढाउन खोजेका हौँ । तर उहाँहरू नै तयार हुनुहुन्नँ । केहीदिन अघि रुख कटानका लागि गएका कर्मचारीलाई पनि महिलाहरू कुटपिट गरेर पठाउनुभएछ ।’

स्थानीयबासीहरूले भने आयोजनाका टावर निर्माण गर्दा आफूहरूको जमीन र घर प्रभावित हुने भन्दै विकल्प खोज्न आग्रह गरेका छन् । यहाँ तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन प्रभावित हुन्छ । केही व्यक्तिको घरलाई समेत असर पार्ने अवस्था छ । प्रत्येक स्थानीयको १० धुरदेखि ६ कट्टासम्मको जमिन छ ।

प्रसारण लाइन बिस्तार गरे सबै जमिन प्रयोग गर्न नमिल्ने उनीहरूको भनाइ छ । गाउँबाट नभइ जंगलबाट लाइन विस्तार गर्न सकिने विकल्प भएको भन्दै उनीहरूले जंगलबाट प्रसारण लाइन लैजान आग्रह गरिरहेका छन् । यदि गाउँबाटै लाइन विस्तार गर्ने भए पनि उचित मुआब्जा दिनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले गत जेठ ३२ गते उच्च अदालत तुलसीपुर इजलास, नेपालगञ्जमा रिट दर्ता गराएका थिए । उक्त रिटमा न्यायधीशद्वय पुनम सिंह चन्द र श्यामजी प्रधानको संयुक्त इजलासले माग दाबी पुग्न नसक्ने भन्दै रिट निवेदन खारेज गरेको थियो ।

अदालतले रिट खारेज गरेपछि विद्युत् प्रसारण लाइन निर्माणको काममा अवरोध गर्न नमिल्ने बताइएको थियो । प्राधिकरणका अनुसार कोहलपुरदेखि सुर्खेतसम्म अझै २० वटा टावरको काम बाँकी छ । वीरेन्द्रनगर–११ मा २, भेरीगंगा–४ मा ३, बबईमा ५ र बाँकी बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा गरी २० वटा टावरको काम बाँकी छ ।

यो लाइन अन्तर्गत कोहलपुर सब–स्टेसनदेखि वीरेन्द्रनगर सुब्बाकुना सब–स्टेसनसम्म १६२ टावर निर्माण गर्नुपर्ने छ । यो आयोजना बनेपछि कर्णाली बासीले ३ दशक देखि भोग्दै आएको लोभोल्टेजको समस्याबाट मुक्ति पाउने आशा थियो ।

आयोजनाको दोस्रो पटक थपिएको म्याद पनि २०८१ को भदौमा सकिसकेको छ । अन्तिम पटक यहीँ पुस १६ गतेसम्मको म्याद थप गरिएको थियो । अझै विवाद समाधान हुन नसकेपछि आयोजनाको काम कहिले सकिने भन्ने टुंगो छैन । ०७७ भदौ ७ गते सम्झौता भइ २ वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएको थियो ।

यद्यपि कम्पनीले विभिन्न कारण देखाउँदै ०७७ भदौपछि मात्रै काम थालनी गर्‍यो । ०७९ सम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि विभिन्न ठाउँमा भइरहेको अवरोध, सरकारी प्रक्रियामा ढिलासुस्ती, कोरोना महामारीका कारण ढिलाइ भएको आयोजना प्रमुख चौधरी बताउँछन् ।

उनका अनुसार अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ भने २० प्रतिशत बाँकी छ । प्रसारण लाइनको विस्तारका लागि सुर्खेत, बाँके र बर्दियामा १३ हजार भन्दा बढी रुख कटान गर्नपर्ने थियो । रुख कटानको काम पनि अझै सकिएको छैन । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा रुख छपानको काम पुनः गर्नुपर्ने भएकाले कटानमा ढिलाइ भएको छ । अहिले छपानको काम सकेर रुख कटानको काम चलिरहेको आयोजना प्रमुख चौधरीले बताए ।

विद्युतको प्रसारण लाइनमुनिको दायाँबायाँ नौरनौ मिटर जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । विवाद देखिएको क्षेत्रमा एउटा मात्रै घर पर्छ भने बाँकी जग्गाको विवाद छ । विवाद देखिएको क्षेत्रका बासिन्दालाई चलनचल्तीकै दरमा मुआब्जा दिँदा पनि नमानेको आयोजना प्रमुख रवि चौधरी बताउँछन् ।

‘टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ,’ चौधरीले भने, ‘विवाद सुल्झाउँदै लग्यो, फेरि अर्को पक्षले यो भएन, उ भएन भनेर अवरोध गरिदिँदा निर्माणमा समस्या भइरहेको छ ।’ बानियाभारमा तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन प्रभावित हुन्छ । केही व्यक्तिको घरलाई समेत असर पार्ने देखिन्छ ।

प्रत्येक स्थानीयको १० धुरदेखि ६ कट्टासम्मको जमिन छ भने प्रसारण लाइन विस्तार गरे सबै जमिन प्रयोग गर्न नमिल्ने उनीहरूको भनाइ छ । प्रसारण लाइन जंगल क्षेत्रबाट लगेर बस्ती बचाउनुपर्ने स्थानीय सनदकुमार शर्माले बताए । यदि यहीबाट लैजाने हो भने प्रभावित हुने स्थानीयको सम्पूर्ण जमिन प्राधिकरणले लिएर माग अनुसारको क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search