Karnali Aawaj

Advertisement
Advertisement

दैलेखमा चार हजार ड्रिलिङपछि देखियो ग्यास भण्डारणको संकेत

Advertisement

दैलेख । दैलेखको भैरवी गाउँपालिका १ स्थित जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म र ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत देखा परेको छ । पेट्रोलियम अन्वेषण गर्न सुरु गरिएको ड्रिलिङको काम सम्पन्न भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।

पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल डा। गणेशनाथ त्रिपाठीले चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रुपमा उत्खनन हुने नहुनेमा स्पष्ट हुने बताए । ुआज बिहानसम्म ४ हजार ९ मिटरसम्म ड्रिलिङको काम भएको छ,’ उनले भने, ुसम्झौता अनुसार ४ हजार हो तर प्राविधिक कारण १३ मिटर थप ड्रिलिङ हुने भएको छ ।’

उनका अनुसार ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डाटा र तथ्यांक एकै पटक आउनेछ, त्यसपछि ग्यास भण्डार भएको या नभएको थाहा हुन्छ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको संकेत पाइएको छ ।

नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

पेट्रोलियम पदार्थको उत्खनन र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्ने गरी चीन र नेपाल सरकारबीच सम्झौता भएको थियो । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search