Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकाले स्थापना गर्यो ‘वास मार्ट’

Advertisement

खलंगा । जाजरकोट सदरमुकाम खलंगामा वास मार्ट स्थापना भएको छ । नागरीकहरुलाई खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका सबै सामग्रीहरु एकै ठाउँबाट शुलभ रुपमा सहज उपलब्ध होस भन्ने उद्देश्यले भेरी नगरपालिकाले खलंगा स्थित ज्योती हार्डवयर संगको साझेदारीमा जिल्लामै पहिलो पटक वास मार्ट स्थापना गरेको हो ।

दीगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को सहयोगमा आफ्नो वास इकाई मार्फत नगरपालिकाले वास मार्ट स्थापना गरेको वास संयोजक रविन्द्र विक्रम शाहीले जानकारी दिए । इकाईको चालु आर्थिक वर्षको नियमित कार्यक्रम अन्तरगत वास मार्ट स्थापना गरिएको संयोजक शाहीको भनाई छ ।

वास मार्टको उद्घाटन गर्दै भेरी नगरपालिकाकी उपमेयर सीता जैसीले आफुहरुले स्थापना गरेको वास मार्टले नगर सहित जिल्लाको खानेपानी तथा सरसफाईको क्षेत्रमा सहयोग पुग्ने बताइन । ‘वास मार्ट स्थापना पछि खानेपानी र सरसफाई सम्बन्धी सबै समानहरु एकै ठाउँमा सहज रुपमा सबैले पाउनु हुने छ, उपमेयर जैसीले भनिन् यसले जिल्लाकै खानेपानी र सरसफाईको क्षेत्रमा सहयोग पुग्ने मेरो विश्वास छ ।’

वास मार्टमा सहज रुपले सुलभ मुल्यमा प्रयोग गर्न सजिलो र पानीको अधिकतम बचत गर्ने सामग्रीहरु पाउने भएकोले सबैले प्रयोग गर्न तथा आवश्यक प्रचार प्रसार गर्न उपमेयर जैसीको आग्रह छ । 

सुस्वा परियोजनाका सल्लाहकार सुर्य बहादुर थापाले खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा नागरीकहरुलाई थप सुविधा दिन र नियमित प्रयोग गर्ने बानीको विकास गर्नका लागि परियोजनाले वास मार्ट स्थापनामा सहयोग गरेको बताए ।

वास मार्टमा खानेपानीको अधिकतम बचत गरी सरसफाई गर्न सकिने सामग्रीहरु, शौचालयमा पानीको बचत संगै अपांगमैत्री, जेष्ठ नागरीकमैत्री, गर्भवती, सुत्केरी तथा महिनावारी महिलामैत्री सामग्रीहरु सहित खानेपानी, सरसफाई तथा स्वच्छताका लागि आवश्यक सबै सामग्रीहरु एकै ठाउँमा पाइने नगरपालिकाले जनाएको छ ।  उपभोक्ताले आफुलाई आवश्यक परेको सामग्रीहरुको बारेमा थाहा पाउनका लागि मार्टमा उपलब्ध रहेका सामग्रीहरुको नाम, सो सामग्रीहरुको विशेषता, मुल्य लगायतको सबै जानकारी सबैले देख्नेगरी राखिने नगरपालिकाको भनाई छ । 

आफुहरु मार्फत जिल्लामै पहिलो पटक वास मार्ट संचालन गरेको भन्दै ज्योती हार्डवयरका प्रोप्राइटर रामचन्द्र ज्योतीले भेरी नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search