Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

प्रगतिशील लेखक सघंको अध्यक्षमा डा. देवी दुलाल, केन्द्रीय सदस्यमा जाजरकोटका प्रकाश किरण सर्वसम्मत

Advertisement

काठमाडौं । प्रगतिशील लेखकहरूको साझा संस्था प्रगतिशील लेखक सघं, नेपालको १३ औं राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ।

नयाँ नेतृत्वमा डा. देवी क्षेत्री दुलाल अध्यक्ष, समीर सिंह र डा. अमृता शर्मा उपाध्यक्ष, पारस ढकाल महासचिव, बोधकुमार घिमिरे उपमहासचिव, डा. हरि तिमल्सिना र कुशल बोगटी सचिव, र डा. कृष्ण सुवेदी कोषाध्यक्ष चयन भएका छन ।

कार्यसमितिका सदस्यहरूमा जाजरकोटका प्रकाश किरण सहित कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, गंगा रिजाल, डा. प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अर्याल, विमला विश्वकर्मा, भीम रानाभाट, डा. पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल, डिल्लीराम भण्डारी लगायत छन्।

सङ्घको विधानअनुसार सातवटै प्रदेश अध्यक्षहरू केन्द्रीय समितिका पदेन सदस्य रहने छन । गण्डकी प्रदेशबाट डा. यदुनन्दन उपाध्याय, बागमतीबाट शान्तिप्रिय वन्दना, कर्णालीबाट युद्धविक्रम शाही, कोशीबाट विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनीबाट डा. मुरारी पराजुली, मधेसबाट नारायणप्रसाद घिमिरे र सुदूरपश्चिमबाट कोपिला शर्मा ‘कल्प’ केन्द्रीय समितिमा पदेन सदस्यका रूपमा चयन भएका छन्।

सम्मेलनले ४६ सदस्यीय राष्ट्रिय परिषद् समेत चयन गरेको छ । परिषद् सदस्यमा दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने, देवेन्द्र कुँवर, डी.पी. शर्मा, माधव पोखरेल गोज्याङ्ग्रे, विन्दा सुवेदी, सिर्जना सरोवर, मनोज पोखरेल, केशु कार्की, विश्वनाथ तामाङ, विनु खड्का, शम्भु अर्याल, लेकप्रसाद प्याकुरेल, देवीराम बन्जाडे, जागेश्वर नेपाल, कविराज भट्ट, हिमालय पौडेल, दिल पौडेल, नानीमैया दलाल, लक्ष्मी सम्बा, श्रीराम अधिकारी, जनक साउद, दिनेश नागरी, आकाङ्क्षा अधिकारी, सन्तोष सिम्खडा, जीवछ उदासी, कुमारसिंह राई, नगेन्द्रप्रसाद आचार्य, यश लामा, दामोदर पौडेल, विद्या भण्डारी, रञ्जन घिमिरे, प्रेमबहादुर सिंह, यदुनाथ वसन्तपुरे, छन्दविज्ञान निरौला, शुष्मा तिमिल्सिना, ध्रुव रायमाझी, खोमा तरामु मगर, ज्ञान केसी, भीम भारती, ममता सुर्खेती, कपिल शिवाकोटी, कृष्ण राना र घनश्याम मिश्र रहेका छन ।

नयाँ समितिको कार्यकाल तीन वर्षको रहनेछ । सम्मेलनले संगठन सुदृढीकरण, वामपन्थी साहित्यिक आन्दोलनको प्रवर्द्धन र समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्दर्भमा लेखकहरूको भूमिकाका विषयमा गहन छलफल गर्दै रणनीति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search