Karnali Aawaj

Advertisement
Advertisement

भेरीमा १२ दिने ग्रामीण मर्मत सम्भार तालिम सम्पन्न

Advertisement

जाजरकोट । खानेपानीका आयोजनाहरुको दिगो व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्न भेरी नगरपालिकामा ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । नगरपालिका र सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) को साझेदारीमा निर्माण भईरहेका नयाँ खानेपानी आयोजानाका उपभोक्ताहरु सहभागी हुनेगरी १२ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता (VMW) तालिम सम्पन्न भएको हो ।

तालिममा नगरपालिका भित्रका सानो कोटखोली पानीनाउला कल्याणपुर र स्याला खानेपानी आयोजना, घोयलनेटा चौर मैदे नौधारी खानेपानी आयोजना, केवलेधारा खानेपानी मर्मत आयोजना र दहखोला (जाघेखोला) धनारी लक्ष्मी माबी खानेपानी मर्मत आयोजनाबाट ४ महिला र ५ पुरुष गरी ९ जना सहभागी भएका थिए ।

तालिम नगरपालिका अन्तरगतको खानेपानी, सरसफाई तथा स्वच्छता (वास) एकाईद्धारा संचालन भएको हो । तालिमको समापन गर्दै नगरपालिकाका उपप्रमुख सीता जैसीले ग्रामीण मर्मत सम्भार तालिमले नगरपालिका भित्रका निर्माण हुँदै गरेका खानेपानी आयोजना र पुराना आयोजानाहरुको दिगो रुपमा संचालन गर्नको लागि तालिमको एकदमै महत्वपूर्ण भूमिका रहने बताइन । आफुहरुले सिकेका कुराहरु व्यवहारमा ल्याई गाउँघरमा रहेका खानेपानीका आयोजानालाई दिगो बनाउन तर्फ लाग्न तालिमका सहभागीहरुलाई उपप्रमुख जैसीले आग्रह गरिन् ।

ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिमबाट नगरपालिबाट निर्माण हुँदै गरेका खानेपानी आयोजानाहरु दिगो बनाउन तालिमका सहभागीहरुले खानेपानी आयोजानाहरुमा चाहिने पाइप फिटिङ्, धारा मर्मत ,RVT, DC, पाइपलाईनमा आउने भावि समस्याहरुलाई सजिलै मर्मत् गरेर पानीलाई सधै दिगो र सुचारु गर्न सक्ने विश्वास लिइएको प्रमख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले बताए ।

एकाईको वार्षिक कार्यक्रम अन्तरगत तालिमको आयोजना गरिएको नगरपालिकाका वास संयोजक रविन्द्र विक्रम शाहीले बताए । तालिममा सहभागीहरुले हाल संचालनमा रहेका आयोजनाहरु संगै अन्य आयोजनामा समेत काम गर्न सम्ने भएकोले नयाँ तथा पुराना खानेपानीका आयोजनालाई दिगो बनाउन सहयोग पुग्ने संयायेजक शाहीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search