Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

वित्तिय सुशासन र कार्य सम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो

Advertisement

जाजरकोट । वित्तिय सुशासन र कार्यसम्पादन मुल्याङ्कनमा भेरी नगरपालिका पहिलो भएको छ । जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८०।८१ मा गरेको मुल्याङ्कनमा जाजरकोटका ७ वटा स्थानीय तहहरु मध्ये भेरी नगरपालिकाको बेरुजू सबै भन्दा कम देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार भेरी नगरपालिका कर्णालीका उत्कृष्ट १० मध्ये ७ औ नम्बरमा रहेको छ । कर्णालीका उत्कृष्ट १० मध्ये पहिलो रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बेरुजू ०.४४ प्रतिशत रहँदा भेरी नगरपालिकाको ०.९८ प्रतिशत रहेको छ ।

हालसम्म सम्परिक्षण गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने आफुहरुको बेरुजू प्रतिशत घट्ने भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । त्यसपछि आफ्नो नगरपालिका कर्णालीको उत्कृष्ट हुने प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाई छ ।

त्यसैगरी कार्य सम्पादन मुल्याङ्कनमा पनि भेरी नगरपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा ७ वटा पालिका मध्ये भेरी नगरपालिका पहिलो भएको हो ।

वित्त तथा प्रशासनिक क्षेत्रमा भेरीले सहिबाटो समातेकोले यो परिणाम आएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘हामी कानूनलाई मिचेर केहि काम गर्दैनौ, सबै कुरा पार्दर्शी भएर समयमै गर्छौ । यसले गर्दा हाम्रो पोजिसन सुधारिदै गएको हो’ नगर प्रमुख घर्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search