Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

स्वास्थ्य क्षेत्र सुधारमा भेरी नगरपालिकाः स्वास्थ्य चौकी कुदु र भुर ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Advertisement

जाजरकोट । जिल्लाको भेरी नगरपालिका ९ मा रहेको भुर स्वास्थ्य चौकीलाई जिल्लाकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । सोमबार १ औपचारिक कार्यक्रमको आयोजना गरी भुर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको भेरी नगरपालिका ९ का वडाध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए ।

१० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा, खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई पुरा गरेको भुर स्वास्थ्य चौकी इन्चार्ज लाल बहादुर खड्काले जानकारी दिए ।

नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोप युक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक पुरा गरेको इन्चार्ज खड्काको भनाई छ ।

पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिदै राम्रै अंक प्राप्त गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको वडाध्यक्ष शर्माले बताए । यसभन्दा अघि कुदु स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।

पछिल्लो समय भेरी नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छ । नगरभित्रका स्वास्थ्य संस्थाहरुलाई सेवा प्रवाह र भौतिक संरचनाका क्षेत्रमा प्रयाप्त सुधार गरी आम नागरिकहरुको स्वास्थ्य अवस्था सुधार ल्याउने कुरामा जोड दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search