Karnali Aawaj

Advertisement
Advertisement

अब प्रेम सम्बन्धको पनि बिमा, ५ वर्षसम्म टिक्यो भने १० गुणा पैसा पाइने

Advertisement

एजेन्सी । अब प्रेम सम्बन्धको पनि बिमा गर्न पाइने भएको छ । जिकीलभ नामक एक वेबसाइटले यो योजना सार्वजनिक गरेको हो ।

यो योजनामा निकै आकर्षक अफरहरु प्रस्ताव गरिएको छ । यो योजनाको बारेमा जानकारी दिनका लागि गरिएको सामाजिक संजाल पोस्ट पनि भाइरल भएको छ ।

पोस्टमा भनिएको छ ‘यदि तपाइँले आफूले साँचो माया पाएँ भन्ने लाग्छ भने ५ वर्षसम्म हरेक वर्ष निश्चित रकम लगानी गर्नुहोस् । यदि तपाइँको सम्बन्ध विवाहमा पुगेर टुंगियो भने हामी तपाइँलाई लगानीको १० गुणा प्रतिफल दिनेछौं ।’

तर, यदि ५ वर्षको अवधिमा जोडीको सम्बन्ध टुट्यो भने उनीहरुले केही पनि पाउने छैनन् । कम्पनीका अनुसार जिकीलभ एपले विभिन्न तथ्यांकको आधारमा सम्बन्धको वफादारिताबारे पूर्वानुमान पनि गर्न सक्छ । उनीहरुले यो बिमा सम्बन्धको दिगोपनाका लागि क्रान्तिकारी कदम हुने बताएका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search