जाजरकोट । जाजरकोटकी सन्जिता साह अनेरास्ववियुको कान्छी केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएकी छन ।
काठमाडौंमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनबाट कर्णाली भूगोल तर्फ निर्वाचित साह देशकै कान्छी केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएकी हुन । १७ वर्षिय साहले कर्णाली भूगोल महिला तर्फ सर्वाधिक ७९ मत प्राप्त गरेर निर्वाचित भएकी हुन ।
जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँकी साह यस अघि अनेरास्ववियु कर्णाली प्रदेश कमिटीमा पनि सबै भन्दा कान्छी सदस्यका रुपमा निर्वाचित भएकी थिइन ।




