Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

एसईई नतिजा: जाजरकोटमा १ सय २२ जनाले ल्याए ‘ए प्लस’

Advertisement

जाजरकोट । जाजरकोटमा एसईई परीक्षा २०८१ को नतिजा उत्साहजनक देखिएको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाभरका ४ हजार ३ सय विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १२२ जनाले सबैभन्दा उच्च ग्रेड ‘ए प्लस’ हासिल गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले दिएको विवरण अनुसार जिल्लाको एसईइको नतिजा अघिल्ला वर्षहरूको तुलनामा केही सुधारोन्मुख देखिएको हो । यस वर्ष ‘ए’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार ७९ पुगेको छ भने ‘बी प्लस’ ल्याउने विद्यार्थी १ हजार ६ सय ३३ जना छन ।

त्यस्तै ‘बी’ ग्रेड प्राप्त गर्ने विद्यार्थी ६ सय ५८ जना रहेका छन् भने ‘सी प्लस’ ल्याउने विद्यार्थी संख्या ३९ रहेको छ । ‘सी ग्रेड’ मा ७ सय ६३ विद्यार्थी परेका छन् भने ‘डी ग्रेड’ ल्याउने विद्यार्थी ६ जना मात्रै छन् । यसले नतिजा औसत भन्दा माथि रहेको देखिन्छ ।

इकाईका प्राविधकि सहायक दलबिर पुनका अनुसार, यो नतिजा जिल्लाभर सञ्चालन गरिएको शिक्षाको गुणस्तर सुधार कार्यक्रम, पठनपाठनमा बढेको नियमितता तथा विद्यार्थीहरूमा बढ्दो आत्मविश्वासको नतिजा हो । उनले भने, ‘यस पटकको नतिजा अघिल्लो वर्षभन्दा सकारात्मक छ, तर अझ मेहनत गर्न बाँकी छ ।’

जिल्लाका विद्यालयहरूमा विद्यार्थीको नतिजालाई थप सुधार गर्ने उद्देश्यले अभिभावक–सहभागितामा आधारित कार्यक्रम, शिक्षण तालिम र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search