Karnali Aawaj

Advertisement
Advertisement

स्वास्थ्यचौकी भुर बन्यो उत्कृष्ट स्वास्थ्य संस्था

Advertisement

खलंगा । भेरी नगरपालिका ९ स्थित स्वास्थ्यचौकी भुर उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ । नगरपालिका अन्तरगतका १२ वटा स्वास्थ्य संस्थाहरु मध्ये स्वास्थ्यचौकी भुर पालिकाकै उत्कृष्ट बन्न सफल भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न आर्थिक वर्ष २०८१।८२ को पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य चौकी भुरलाई उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न सूचकहरुका आधारमा स्वास्थ्य चौकी तर्फ भुरले ८१.५५ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मण विक्रम जिसीले बताए । त्यसैगरी आधारभूत स्वास्थ्य केन्द्र तर्फ भेरी नगरपालिका १ स्थित पिपे आधारभूत स्वास्थ्य केन्द्र उत्कृष्ट भएको छ । पिपेले ६२.९९ प्रतिशत अंक प्राप्त गरेको शाखा प्रमुख जिसीको भनाई छ ।

समिक्षा गोष्ठीको समापन सत्रमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महतले उत्कृष्ट भएका स्वास्थ्य संस्थाहरुबाट अन्य स्वास्थ्य संस्थाहरुले सिक्नु पर्ने बताए । आफ्नो जिम्मेवारीको नियमित काम सबैले गरेपनि व्यवस्थित रुपमा निर्धारित समय भित्रै तोकिएका सूचकहरु पुरा गर्ने संस्था नै उत्कृष्ट हुने भएकोले सबैले राम्रो कामको सिको गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत महतको भनाई छ ।

गोष्ठीको समापन गर्दै नगर उपप्रमुख सीता जैसीले विपद् लगायतका समयमा स्वास्थ्यकर्मीहरुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै अझै उच्च मनोबलका साथ काम गर्न अनुरोध गरिन ।

समिक्षा कार्यक्रममा नगर उपप्रमुख सीता जैसी, प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत, स्वास्थ्य शाखा सहित सबै स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुखहरु, स्वास्थ्य सेवा कार्यालय, पाँचतारा युवा संरक्षक मञ्चका प्रतिनिधिहरु लगायतको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search