Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

Advertisement

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्नेमा भेरी नगरपालिका पहिलो स्थानीय तह बनेको छ ।

भेरी नगरपालिकाका सबै वडा र जिल्लाका अन्य स्थानीय तहका अधिकांश वडाहरूमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्न सुरू भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

नगरपालिकाले वडा नं ६ बाट जिल्लामा पहिलो पटक अनलाईन प्रणालीबाट नागरिकताको सिफारिस गर्ने कार्यको सुरूवात गरेको थियो । हाल १३ वटै वडामा एकैसाथ अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु भएको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत नागरिकताको प्रमाणपत्रका लागि सिफारिस हुने उनले बताए ।

यस प्रणाली लागू भएपछि सेवाग्राहीले छिटोछरितो रुपमा नागरिकता प्राप्त गर्न सक्छन् भन्नेमा आफू विश्वस्त रहेको नगर प्रमुख घर्तीको भनाइ छ । । सबै वडा सचिव कर्मचारीलाई अनलाइन सिस्टममा विवरण अद्यावधिक गर्दा हुन सक्ने त्रुटिका बारेमा सावधानीपूर्वक काम गर्न नगरप्रमुख घर्तीको आग्रह छ ।

सबै वडाका वडा सचिव तथा कर्मचारीहरूको विद्युतिय प्रयोग खाता बनाएर अनलाइन प्रणालीबाट नागरिकता सिफारिस सुरू गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुर्य प्रसाद लम्सालले जानकारी दिए ।

यो प्रणाली लागु भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search