Karnali Aawaj

Advertisement
Advertisement

बारेकोटका वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्दो

Advertisement

जाजरकोट । बारेकोटकाे वन क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी शिकारी बढेको छ । सरोकारवाला निकायले ध्यान नदिँदा वन्यजन्तुको दैनिक चोरी शिकारी बढेकाे हाे ।

पालिकाको विभिन्न वन क्षेत्रमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, कालिज लगायत जङ्गली जनावर तथा पंक्षीको दिन प्रतिदिन चोरी शिकारी भइरहेकाे स्थानीयले बताएका छन । दिनमै बन्दुक पड्काएर वन्यजन्तुकाे शिकार गर्दापनि सरोकारवाला निकायहरूले नियन्त्रणतर्फ ध्यान नदिएको स्हथानीयरुको आरोप छ । प्रहरी कार्यालय नजिकै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान नदिएको स्थानीयकाे भनाइ छ ।

बारेकोटको जिरीमैना, धुमा, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम लगायतका लेकाली जंगल तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकारी भइरहेको वन्यजन्तु संरक्षण अभियन्ता गोविन्द्र बहादुर सिंहको भनाइ छ । शिकारीले भरुवा बन्दुक, पासो थापेर र शिकारी कुकुरको प्रयोग गरेर जङ्गली जनावर मार्ने गरेका छन । ‘गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन, यसैबाट दिनहु चाेरी शिकारी भइरहेकाे छ, अभियन्ता सिंहले भने, यसतर्फ कसैको चासो छैन ।

वनका कर्मचारी तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यान दिन नसकेको डाफे युवा क्वलव जाजरकोट कि सामाजिक परिचालक निर्मला थापले बताएकी छन । आफ्नो संस्थाले जङ्गलमा चोरीसिकार नियन्त्रण गस्ति गर्दा जङ्गल भरि मृग लगाएत चरालाई थापेका पासो मात्र भेटिने गरेको थापाको भनाइ छ ।

सवडिभिजन वन कार्यालय बारेकोटका प्रमुख भिम केसीले चोरी शिकार नियन्त्रण गर्न कार्यालयले काम गरिरहेको बताएका छन । अतिक्रमण, डढेलो, चरिचरण लगायतका कारण वन विनाश बढेकोले पनि जङ्गली जनावर तथा पक्षीको वासस्थान नष्ट हुँदै गएको केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search