१७ माघ २०८० २०:०२
१७ माघ २०८० २०:०२
जाजरकोट । भेरी नगरपालिकाको आयोजनामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । भेरी नगरपालिका–१ रिम्नास्थित भेरी त्रिवेणी माविको खेलमैदानमा बुधबारदेखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहले गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले विद्यालय स्तरका खेलकुद प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत खेलकुद अपरिहार्य भएको भन्दै उपप्रमुख सिंहले नगरपालिका भित्रका सबै माविहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका मेयर सिपी घर्तीले अनुशासित भएर आफ्नो खेल प्रतिभा…
