Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप प्रतियोगिता सुरू

Advertisement

जाजरकोट । भेरी नगरपालिकाको आयोजनामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । भेरी नगरपालिका–१ रिम्नास्थित भेरी त्रिवेणी माविको खेलमैदानमा बुधबारदेखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहले गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले विद्यालय स्तरका खेलकुद प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत खेलकुद अपरिहार्य भएको भन्दै उपप्रमुख सिंहले नगरपालिका भित्रका सबै माविहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका मेयर सिपी घर्तीले अनुशासित भएर आफ्नो खेल प्रतिभा प्रदशैन गर्न खेलाडी विद्यार्थीहरुलाई आग्रह गरे । कराँतेका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका मेयर घर्तीले अनुशासन खेलाडीहरुको पहिलो गुण रहेको बताए । प्रतियोगिता संचालनको कार्यविधि र नगरपालिकाले निर्धारण गरेको नीति अनुरुप प्रतियोगिता संचालन गर्न निर्देशन दिँदै मेयर घर्तीले मापदण्ड विपरित खेलाडी सहभागि गराएको पाइएमा निस्कासन गरिने बताए । पालिकाभित्रका विद्यार्थी खेलाडीहरु नगरबाट छनौट भएर जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुने भन्दै उनले जिल्लाबाट प्रदेश र केन्द्रसम्म पुग्नेगरी खेल प्रतिभा देखाउन खेलाडीहरुलाई आग्रह गरे ।

मेयर घर्तीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सिंह, नगर उपप्रमुख सिता जैसी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव भरत शर्मा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सदस्य नरेन्द्रराज घर्ती लगायत विभिन्न विद्यालयका प्रधानध्यापक तथा व्यवस अध्यक्षहरुको सहभागिता रहेको थियो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका २ सय बढि विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा प्रेम केसीको नेतृत्वमा १० जना रेफ्रिहरु रहनेछन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search