Karnali Aawaj

Advertisement
Advertisement

अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे समन्वय बैठक सम्पन्न

Advertisement

जाजरकोट । अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे भेरी नगरस्तरिय बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएयको छ ।

पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारीमा भेरी नगरपालिकामा संचालित अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) कार्यक्रम अन्तरर्गत भेरी नगरपलिकामा अपाङ्गताभएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकमा महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विपना पौडेलले शाखाद्धारा आर्थिक वर्ष २०७९÷८० मा भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरेको पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक गगन खड्काले जानकारी दिए । संयोजक खड्काका अनुसार  पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी र नलगाड नगरपालिकामा सञ्चालन भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको हो ।

सो प्रस्तुतिकरण पहुँच कार्यक्रमका परियोजना संयोजक खड्काले गरेका थिए । त्यसैगरी ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका कार्यक्रम व्यबस्थापक महेन्द्र विक्रम शाहले अपाङ्गता, अपाङ्गता समावेशीकरण र पहुँच सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।

बैठले नगरपालिकामा रहेका संरचना, सेवा तथा अन्य स्थितिको लेखाजोखा गर्नको पालिका स्तरीय पहँुच लेखाजोखा समिति समेत गठन गरेको छ । वडा नं. ८ वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक विरबहादुर चन्दको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा कार्यपालिका सदस्य तथा अपाङ्गगता भएको व्यक्तिको परिचयपत्र वितरण समन्वय समितिका सदस्य मोति नेपाली, नरबहादुर पुन, देबेन्द्र विक र नेपाल पत्रकार महासंघका प्रतिनिधि रहने छन ।

समितिले अध्ययन गरी ३ महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search