१९ माघ २०८० २२:०१
१९ माघ २०८० २२:०१
रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारीमा स्थित भेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका –३ को कुरलस्थित भेरी नदीको खोंचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार नदिको खोंचमा अड्किएको अवस्थामा शव फेला परेको हो । अन्दाजी वर्ष ४० को देखिने, उचाइ ५ फिट ६ इन्च भएको, मोटो शरीर भएको व्यक्तिको शव फेला परेको डीएसपी भट्टराई जानकारी दिए । उक्त शवको औंलामा किरा परेर दुर्गन्धित भएको बताइएको छ । शवको माथिल्लो शरीरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरीरको भागमा नीलो रङको फुल ट्रयाक…
