Karnali Aawaj

Advertisement
Advertisement

शिवशंकर माविले जित्यो दोस्रोपटक मेयरकपको उपाधी

Advertisement

जाजरकोट । भेरी नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा मेरकपको उपाधी हात पारेको छ ।

भेरी नगरपालिका १ स्थित भेरी त्रिवेणी माविको खेलमैदानमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेरकपको उपाधी लगातार दोस्रोपटक शिवशंकर माध्यमिक विद्यालय जगतिपुरले जितेको हो । माघ १७ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप प्रतियोगितामा शिवशंकर माविले १५ स्वर्ण, ३ रजत, ३ कास्य गरी जम्मा २१ पदक सहित प्रथम भएको हो ।

प्रतियोगितामा भेरी त्रिवेणी मावि रिम्नाले ४ स्वर्ण, ७ रजत, ४ कास्य गरी १५ पदक सहित दोश्रो स्थान हात पारेको छ भने, त्रिभुवन मावि खलंगाले ४ स्वर्ण , ४ रजत , ४ कास्य गरी जम्मा १२ पदक सहित तृतिय स्थान हासिल गरेको भेरी नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले जानकारी दिए । शाखा प्रमुख पुनका अनुसार भगवती मावि कुदुले २ स्वर्ण, ९ रजत ५ कास्य जितेको छ भने विजय मावि काफलचौरले २ स्वर्ण, १ रजत ५ कास्य जितेको छ ।

त्यसैगरी शिव मावि कालेगाँउले १ स्वर्ण १ रजत १ कास्य जितेको छ भने सरस्वती मावि पुन्माले १ स्वर्ण, ४ कास्य, शंकरभवन मावि बाहुनथानले २ रजत र २ कास्य हात पार्दा भैरव मावि भुरचौरले १ रजत र दीपेन्द्र मावि भुरले १ कास्यमा चित्त बुझाएका छन ।

उक्त प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा माद्यामिक विद्यालयहरुले सहभागिता जनाएको थिए । नगरस्तरिय प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेल प्रतिभा प्रदर्शन गर्ने ७० जना भन्दा बढि विद्यार्थी खेलाडीहरु जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनौट भएका छन । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search