Karnali Aawaj

Advertisement
Advertisement

प्रेस चौतारीको स्थापना दिवस : जाजरकोटमा बिरामीलाई फलफूल वितरण

Advertisement

जाजरकोट । प्रेस चौतारी नेपालले आफ्नो २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल, जाजरकोट शाखाले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । केन्द्रीय सर्कुलर अनुसार संगठनको स्थापना दिवसको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल जाजरकोटका अध्यक्ष बिनोद घर्तीले बताए ।

अध्यक्ष घर्तीसहित संगठनका केन्द्रीय सदस्य हरि बहादुर सिंह, कर्णाली प्रदेश उपाध्यक्ष प्रमिला आर.सी, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य मोति ओली, जिल्ला कमिटी सदस्य तथा जाजरकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्ण खत्री, अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंह ठकुरी सहित स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सोमबार जिल्ला अस्पतालमा रहेका २० जना बढि बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

संगठनको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा आफु पारिवारिक कामले आकस्मिक रुपमा जिल्ला सदरमुकाम बाहिर जानु परेकोले सहभागि हुन नपाएपनि संगठनको नेतृत्वमा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भरत कुमार शर्माले बताए ।

२२ माघ २०५४ सालमा स्थापना भएको प्रेस चौतारी नेपालले हरेक वर्षको २२ माघलाई आप्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search