Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

भूकम्पले बस्ती भासिए, पीडित परिवारको जङगलमै बास

Advertisement

रुकुम पश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पको कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. ११ का दुई बस्ती भासिएका छन । २५ घरधुरी रहेको मङग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ ।

अहिले मङग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावितहरु अझैसम्म घर फर्केर बस्न सकेका छैनन् । उनीहरु नजिकैको जङगलको बिचमा रातदिन काटिरहेका छन् ।

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाईला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाईते समेत भएका उनले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको बताए । अन्यत्र कतैपनि जग्गा नभएकोले सरकारले दिएको अनुदान रकमले जङगलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उनले उल्लेख गरे । कामीले वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरुलाई अहिले बासको पीरलो भएको बताए ।

सोहि टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङगलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार तीन जना सुत्केरी र नावालकहरु समेत रहेका छन् । भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु बसेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उनले सुनाए । अस्थायी आवास सोहि जङगलमै बनाउनु परेको र घर बनाउनलाई जग्गा नभएको उनको भनाई छ ।

मङग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरोलो पाखोमा बस्न बाध्य छन् । वडा नम्वर ११ का वडा सदस्य समेत रहनुभएका स्थानीय जगबिर बटालाले जसोतसो टिनका टहरा बनाएतापनि घर बनाउन लायक जमिन नभएको बताए । उनका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोईरी–रातामाटा सडक, टोलको छेउबाटै बनाईएको गिजागार–चौर सिचार्ई नहर र गाउँदेखि तल्लो भागमा रहेको राडिहुँदै रिम्ना जाने सडकको कारण बस्ती नै जोखिममा रहेका थिए ।

अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकोले थप जोखिम बढेको उनको भनाई छ । वडा कार्यालयको तथ्याङक अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन् ।

आठविसकोट नगरपालिका प्रमुख रबि केसीले यो बिषय चुनौतीका रुपमा आएको बताए । अहिलेलाई खाली ठाउँमा रहेका सार्वजनिक जमिन उपयोग गर्न सहजिकरण गरिएको र पुनर्निर्माणको बेला सकेसम्म एकिकृत बस्ती हुने गरेर घर बनाउने सोच बनाएको उनले बताए । गाउँघर छरिएर भन्दा पनि एकिकृत रुपमा बनाउन कोशिस रहने र जग्गा नभएकाहरुको हकमा ठोस योजना बनाउन आवश्यक रहेको नगरप्रमुख केसीले जानकारी दिए । नगरपालिकाका वडा नम्वर ११, १२ र १३ मा समेत केहि घर तथा बस्तीहरु जोखिममा रहेको नगरप्रमुख केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search