Karnali Aawaj

Advertisement
Advertisement

ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख राजस्व संकलन

Advertisement

जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु १६ लाख बढी राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि माघ मसान्तमा १६ लाख छ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका २ हजार तीन सय ३९ सवारीमाथि कारबाही गरी सो राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख अम्बर गुरुङले जानकारी दिए ।

हाल सम्म ट्रक/ट्याङ्कर चार सय २२, बस मिनिबस दुई सय ३७, जिप/कार/भ्यान चार सय ८०, ट्याक्टर दुई सय १०, मोटरसाइकल नौं सय ५३ र अटो तथा अन्य ३७ सवारी साधनलाई कारवाही गरिएको प्रमुख गुरुङले बताए । सो क्रममा सबैभन्दा बढी मोटर साइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लंघन गरी सवारीसाधन चलाउनेमा दुई पांग्रे चालक रहेको प्रमुख गुरुङको भनाई छ ।

‘मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लंघन हुने गरेको छ,’ उनले भने, ‘सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।’ सवारी साधनका धनीलाई कारबाहीसँगै सवारी धनीलाई नियम बारेमा पनि जानकारी गराउने गरेको गुरुङले बताए ।

प्रहरीले मादक पदार्थ सेवन गर्नेविरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search