११ फाल्गुन २०८० २१:४५
११ फाल्गुन २०८० २१:४५
सुर्खेत । उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई मध्यनजर गर्दै मेला सम्बन्धी नगर्नुरनगराउनु भनी आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिकालगायतका नाममा अन्तरिम आदेश दिएको छ । ‘कर्णाली एक्सपो सञ्चालन हुने स्थानबाट १० मिटरको दूरीमा बाल मन्दिर विद्यालय रहेको र चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन…
