Karnali Aawaj

Advertisement
Advertisement

सुनथराली विमानस्थलको औपचारिक उद्घाटन १४ फागुनमा हुने

Advertisement

कालिकोट । कालिकोटको नररहीनाथ गाउँपालिका – १ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक-पटक औपाचारिक उद्घाटनका लागि मिति तय भएपनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते सोमबार हुने भएको हो ।

नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागीमा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने जानकारी दिए ।

फागुन १४ गते कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो दिइएको छ । यस अघि विमानस्थल उद्घाटनका लागि चार पटक सूचना भएको थियो । पटक-पटकको सूचना भएर स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ मा पनि हुन्छ कि हुन्न भन्ने आशङ्का नागरिकमा छ । तर गाउँपालिका प्रवक्ता बोहोराले भने यो पटक तोकिएकै समयमा विमानस्थल उद्घाटन हुने जानकारी दिए ।

‘‘फागुन १४ गते सोमबार बिहान १० बजे नै कार्यक्रम राखेका छौं । प्रधानमन्त्रीज्यूले उद्घाटन गर्ने कार्यक्रम भएकाले समयमै सबै सहभागी भइदिन अनुरोध गर्दछु,’’ प्रवक्ता बोहोराले लेखेको निमन्त्रणमा उल्लेख छ ।

ब्यानर छाप्ने काम जारी रहेकाले स्थगित हुँदैन भन्नेमा विश्वास गर्न उनको आग्रह छ । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले पनि फागुन १४ गते औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने बताए । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख बजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो ।

निर्माण सम्पन्न भएको एक वर्षसम्म औपचारिक उद्घाटनको पर्खाइमा छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search