Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली प्रदेश लोकसेवा आयोग : १ वर्षमा ९८९ कर्मचारी सिफरिस, करीब ६ करोड राजश्व संकलन

Advertisement

सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले एक वर्षको अवधिमा ९८९ जना कर्मचारी सिफारिस गरेको छ । २०७९ साउन १ गतेदेखि २०८० आषाढ ३१ गतेसम्म विभिन्न दरबन्दीमा ९ सय ८९ जना उम्मेदवारलाई सिफारिस गरेको हो ।

कुल दरबन्दीमध्ये ४ सय महिला उम्मेदवार सिफारिस हुँदा ५ सय ८९ जना पुरुष सिफारिस भएका छन । समावेशी समूहअन्तर्गत १ सय ७० जना महिलातर्फ सिफारिस भएका आयोगले सार्वजनिक गरेको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० मा उल्लेख छ ।

कर्णाली प्रदेश सरकार अन्तर्गतका सेवा सञ्चालन गर्ने मन्त्रालयहरू तथा स्थानीय तहहरूबाट सहायकस्तर चौथो र पाँचौँ तहका रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग भएको थियो । उक्त मागअनुसार आयोगले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यतालिका प्रकाशन गरी १ सय ७६ विज्ञापनमार्फत कुल ९ सय ७१ पदमा दरखास्त आह्वान गरेको थियो ।

आयोगबाट प्रकाशित विज्ञापनहरूमध्ये ६३ वटा खुला र १ सय १३ वटा समावेशी समूहका विज्ञापन गरी जम्मा १ सय ७६ वटा विज्ञापन नम्बरहरू कायम भएका थिए। उक्त विज्ञापनहरूबाट खुलातर्फ ६ सय ५२ पद र महिला, आदिवासी–जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्र गरी समावेशी समूहतर्फ ३ सय १९ पद गरी जम्मा ९ सय ७१ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो ।

७४ हजार बढी दरखास्त

आयोगले विभिन्न तहमा सात प्रकारका विज्ञापन गर्दै आएको छ । जसमा खुला, महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्र रहेका छन । आर्थिक वर्ष २०७९र०८० को असार मसान्तसम्ममा ७४ हजार तीन सय ३० जना उम्मेदवारले दरखास्त पेश गरेका छन । पेश भएका दरखास्त मध्ये सबै भन्दा बढी चौथो तहमा ३५ हजार ८४४ जना र जसमा महिलाको संख्या २९ हजार ७७ रहेको आयोगले जनाएको छ ।

यस्तै, पाँचौ तहमा २४ हजार ६४४, सातौँ तहमा १२ हजार ८७८ र आठौँ तहमा ९६४ जना उम्मेदवारले रोजगारीका लागि दरखास्त दिएका थिए । ७७ वटै जिल्लाबाट आवेदन दिनेहरूमा सबै भन्दाबढी सुर्खेत जिल्लाका ७ हजार ८३ र सबै भन्दा कम मनाङ जिल्लाबाट १ जना उम्मेदवार रहेका छन ।

१८ देखि २५ वर्ष उमेर समूहका बढी सिफारिस

प्रदेश लोकसेवा आयोग कर्णालीबाट सिफारिस हुने उम्मेदवारहरु मध्ये सबै भन्दा बढी १८ देखि २५ वर्ष उमेरका धेरै रेहका छन । विभिन्न पदमा सिरफारिस भएका जम्मा ९८९ जना मध्ये यो समूहका ६१७ जना रहेका छन ।

यस्तै, २६ देखि ३० वर्ष उमेर समूहका २७७ जना, ३१ देखि ३५ वर्ष उमेर समूहका ८० र ३६ देखि ४० वर्ष उमेर समूहका १५ जना उम्मेदवार रहेका छन ।

३४ नयाँ पाठ्यक्रम निर्माण

आयोगले आर्थिक वर्ष २०७९र०८० को यस अवधिमा ३४ वटा पाठ्यक्रम निर्माण गरेको छ । जसमा स्वास्थ्य सेवातर्फ आठौँ तहको ३, सातौँ तहको प्रशासन सेवातर्फ १, आर्थिक योजना तथ्याङ्क सेवातर्फ १, वन सेवातर्फ १ वटा पाठ्यक्रम रहेका छन ।

यस्तै, कृषि सेवातर्फ ३, विविध सेवातर्फ ४, स्वास्थ्य सेवातर्फ ५, इन्जिनियरिङ सेवातर्फ ४, शिक्षा सेवातर्फ ६, इन्जिनियरिङ सेवातर्फ छैटौँ तहका २ छन्। शिक्षा सेवातर्फ १ वटा, इन्जिनियरिङ सेवातर्फ पाँचौँ तहको २ र शिक्षा सेवातर्फ चौथो तहको १ नयाँ पाठ्यक्रम निर्माण गरिएको आयोगले जनाएको छ।

८३ जना उम्मेदवारलाई कारबाही

आयोगबाट सञ्चालित परीक्षामा गैरकानुनी काम गर्ने दुई जना उम्मेदवारहरूलाई २ वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । अन्य ८१ जना परीक्षार्थीको सम्बन्धित परीक्षा रद्द हुने गरी आयोगले कारबाही गरेको छ ।

उत्तरपुस्तिकाको भित्री पृष्ठमा असान्दर्भिक विषयवस्तु उल्लेख गर्ने २९ महिला र ५४ पुरुष गरी ८३ जनाको परीक्षा रद्द भएको आयोगको तेस्रो वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

५ करोड ८२ लाखबढी राजस्व संकलन

यस अवधिमा आयोगले ५ करोड ८२ लाख २५ हजार ३ सय ५० रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । आयोगको कार्यालयमा जम्मा ३ लाख ८९ हजार ९ सय ४१ धरौटी मौज्दात छ । कुल ६२ वटा विज्ञापनबाट ९ सय ७१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्रकाशित विज्ञापनमा कुल ७४ हजार ३ सय ३० जना आवेदकबाट अनलाइन दरखास्त पेस भई यसबाट उक्त परिमाणको राजस्व संकलन भएको आयोगले जनाएको छ ।

सङ्कलित कुल राजस्वमध्ये ९९ दशमलव ४३ प्रतिशत परीक्षा शुल्कबापतको राजस्व रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search