Karnali Aawaj

Advertisement
Advertisement

भूकम्प पीडितबाट लिएको रकम फिर्ता गर्न स्थानीय प्रशासनको आग्रह

Advertisement

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडा समितिले भूकम्प पीडितबाट पैसा लिनु कानून विपरीत भएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रशासनले एक विज्ञप्ती जारी गर्दै यहाँका केही स्थानीय तहका वडाहरुले विभिन्न बहाना गरी भूकम्प पीडितबाट पैसा लिईरहेको भन्दै प्रशासनले उक्त कार्य बन्द गर्न आग्रह गरेको हो ।

नलगाड नगरपालिकाको ३ नं. वडाले स्वास्थ्य चौकी र शिक्षाको भवन बनाउने भन्दै भूकम्प पीडित बाट एक हजार पैसा लिईरहेको प्रति प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘अस्थायी आवास अनुदान रकम वितरण गर्ने सन्दर्भमा पुर्याउनु पर्ने विधि र प्रक्रिया कार्यविधिले स्पष्ट रुपमा व्याख्या गरेकै छ ।

यो पनि पढ्नुहोस् :
http://karnaliaawaj.com/?p=6760

सो कार्यविधिले गरेको व्यवस्था भन्दा बाहिर गएर कहिँ कतै कुनै व्यक्ति/संस्था वा निकायले अनेक प्रपञ्च रचेर भूकम्प पीडित व्यक्ति/निजी आवासका लाभग्राहीबाट कुनै पनि बाहनामा शुल्क/दस्तुर/रकम असुल गर्ने कार्य नगर्न नगराउन आवश्यक निर्देशन गरिदिनु र असूल गरेको रकम समेत सम्बन्धित व्यक्तिहरुलाई तुरुन्त फिर्ता गराउने व्यवस्था मिलाउनुहुन आदेशानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search