Karnali Aawaj

Advertisement
Advertisement

लागुऔषध दुर्व्यसन विरुद्ध जाजरकोटमा र्याली

Advertisement

जाजरकोट । लागुऔषध दुर्व्यसन विरुद्ध जाजरकोटमा सरोकारवालाहरुको संयुक्त र्याली प्रदर्शन गरिएको छ । लागु पदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जाजरकोटमा लागुऔषध दुर्व्यसन विरुद्ध र्याली निकालिएको हो । लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको लागु पदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको साप्ताहव्यापी कार्यक्रम अन्तर्गत जाजरकोटमा र्याली प्रदर्शन गरिएको हो ।

भेरी नगरपालिकाको कार्यालयबाट सुरु भएको चेतनामुलुक र्‍याली नयाँबस्ती, ठाँटीबजार, हुँदै गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख, भेरी नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखहरु,  विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रअ तथा विद्यार्थीहरु, पत्रकार तथा सर्वसाधरणहरुको उपस्थित रहेको थियो ।

पछिल्लो समयमा बढ्दै गएको लागुऔषध प्रयोग र यसको ओसारपसारलाई रोकथाम तथा नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक वर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

कोणसभामा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्ती, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लगायतले मन्तब्य राखेका थिए । उता भेरी नगरपालिकाले पनि लागु औषध दुर्वसनी विरुद्ध चालु आर्थिक वर्षमा विभिन्न जनचेतनामूलक कार्यक्रम स‌ंचालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search