७ असार २०८१ २२:१४
७ असार २०८१ २२:१४
जाजरकोट । लागुऔषध दुर्व्यसन विरुद्ध जाजरकोटमा सरोकारवालाहरुको संयुक्त र्याली प्रदर्शन गरिएको छ । लागु पदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जाजरकोटमा लागुऔषध दुर्व्यसन विरुद्ध र्याली निकालिएको हो । लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको लागु पदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको साप्ताहव्यापी कार्यक्रम अन्तर्गत जाजरकोटमा र्याली प्रदर्शन गरिएको हो । भेरी नगरपालिकाको कार्यालयबाट सुरु भएको चेतनामुलुक र्याली नयाँबस्ती, ठाँटीबजार, हुँदै गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख, भेरी नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखहरु, …
