Karnali Aawaj

Advertisement
Advertisement

युरोकप : एमबाप्पेसँग रोनाल्डोको सनसनीपूर्ण भेट

Advertisement

काठमाडौं । युरोकप २०२४ को दोस्रो क्वाटरफाइनलमा आज राति फ्रान्सले पोर्चुगलको सामना गर्दैछ र यो अर्को हेर्नैपर्ने खालको खेल हुनेछ । फेरि यो फ्रान्सका केयलिन एमबाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचको सनसनीपूर्ण भेट पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

– यो खेल हुनेछ, उपाधिका दुई प्रत्यासीको । तर अहिलेसम्म दुवै टिमले आफ्नो प्रतिष्ठा र अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।

– पोर्चुगलले पछिल्ला आफ्ना दुई खेलमा गोल गर्न सकेको छैन । फ्रान्सले भने यस प्रतियोगितामा ओपन प्लेबाट एकै गोल पनि गरेको छैन ।

– फ्रान्सले यसपल्ट जम्मा एकै गोल मात्र खाएको छ ।

– रोनाल्डोले यस खेलमा गोल गर्न सके, यो युरोको इतिहासमै सबैभन्दा बढी उमेरका खेलाडीको गोल हुनेछ ।

– नाकको चोटका कारण एमबापेले यस खेलमा पनि मास्क लगाएर खेल्नेछन् ।

– सन् २००६ को विश्वकप सेमिफाइनल एकआपसमा भिडेको १८ वर्षपछि ठ्याक्कै त्यही दिन यी दुई टिम भिड्दै छन् । यस खेलमा फ्रान्स विजयी रहेको थियो र पोर्चुगलका लागि रोनाल्डोले पनि खेलेका थिए ।

– यो खेललाई धेरैले एमबापेविरुद्ध रोनाल्डोको रूपमा हेर्न चाहेका छन् । एमबापेले ४८ गोल गरिसकेका छन् भने रोनाल्डोको नाममा १ सय २० गोल छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search