Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

Day: २२ असार २०८१ २०:११

१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बित

१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बित

नयाँ दिल्ली । भारतको बिहार राज्यमा पछिल्लो केही दिनयता एकपछि अर्को गर्दै पुल भत्किरहेको खबर आइरहेका छन । गएको १७ दिनमा बिहारमा १२ पुल भत्किएका छन । त्यहाँ पुल भत्किने जुन १८ देखि सुरु भएको थियो । यसपछि मुसलधारे वर्षा र बाढीमा पुल भत्किने क्रम निरन्तर चलिरहेको छ । यी घटनाहरूपछि राज्य सरकारले ११ जना इन्जिनियरलाई निलम्बन गरेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको सरकारले पुलको पुनर्निर्माण वा नयाँ पुल बनाउन आदेश दिएको छ । पछिल्ला दिनमा भत्किएका पुलमध्ये ६ पुल निकै पुराना थिए । अन्य तीन पुल निर्माणाधीन थिए । निर्माणाधीन पुल भत्किनुलाई इन्जिनियर र ठेकेदारलाई दोष दिइएको…
Read More
सल्यानमा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

सल्यानमा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

सल्यान । सल्यानमा जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका– ३ टोट्केका ४२ वर्षीय टोपबहादुर वली जबरजस्ती करणी आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यहि असार १९ गते ४३ वर्षीया महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको आरोपमा बिहीबार जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। आरोपि वलीको घर खानतलासी गर्ने क्रममा बारुद र फलामको टुक्रा भरी पड्काउन तयारी अवस्थामा राखेको एकनाले भरुवा बन्दुक फेला परेको उनको भनाइ छ। पक्राउ परेका वलीलाई जबरजस्ती करणी तथा हातहतियार खरखजनासम्बत्धी कसुरमा हिरासतमा राखी अनुसन्धान अघि…
Read More
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् । प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । त्यसबारे अहिले केहीबेर अघिदेखि सिंहदरबारमा सत्ता साझेदार दलहरुसँग छलफल चलिरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले विश्वासको मत लिनेबारे सत्ता साझेदार दलहरुसँग छलफल गरिरहेको बताए । एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन…
Read More
युरोकप : एमबाप्पेसँग रोनाल्डोको सनसनीपूर्ण भेट

युरोकप : एमबाप्पेसँग रोनाल्डोको सनसनीपूर्ण भेट

काठमाडौं । युरोकप २०२४ को दोस्रो क्वाटरफाइनलमा आज राति फ्रान्सले पोर्चुगलको सामना गर्दैछ र यो अर्को हेर्नैपर्ने खालको खेल हुनेछ । फेरि यो फ्रान्सका केयलिन एमबाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचको सनसनीपूर्ण भेट पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् । – यो खेल हुनेछ, उपाधिका दुई प्रत्यासीको । तर अहिलेसम्म दुवै टिमले आफ्नो प्रतिष्ठा र अपेक्षा अनुसार खेल्न सकेका छैनन् । – पोर्चुगलले पछिल्ला आफ्ना दुई खेलमा गोल गर्न सकेको छैन । फ्रान्सले भने यस प्रतियोगितामा ओपन प्लेबाट एकै गोल पनि गरेको छैन । – फ्रान्सले यसपल्ट जम्मा एकै गोल मात्र खाएको छ । – रोनाल्डोले यस…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search