Karnali Aawaj

Advertisement
Advertisement

सल्यानमा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

सल्यानमा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

Advertisement

सल्यान । सल्यानमा जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका– ३ टोट्केका ४२ वर्षीय टोपबहादुर वली जबरजस्ती करणी आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यहि असार १९ गते ४३ वर्षीया महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको आरोपमा बिहीबार जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

आरोपि वलीको घर खानतलासी गर्ने क्रममा बारुद र फलामको टुक्रा भरी पड्काउन तयारी अवस्थामा राखेको एकनाले भरुवा बन्दुक फेला परेको उनको भनाइ छ।

पक्राउ परेका वलीलाई जबरजस्ती करणी तथा हातहतियार खरखजनासम्बत्धी कसुरमा हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। उनीमाथि अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको सूचना अधिकारी धमलाले बताए।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search