Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बित

ठेकेदारमाथि पनि कारबाही हुने

Advertisement

नयाँ दिल्ली । भारतको बिहार राज्यमा पछिल्लो केही दिनयता एकपछि अर्को गर्दै पुल भत्किरहेको खबर आइरहेका छन ।

गएको १७ दिनमा बिहारमा १२ पुल भत्किएका छन । त्यहाँ पुल भत्किने जुन १८ देखि सुरु भएको थियो । यसपछि मुसलधारे वर्षा र बाढीमा पुल भत्किने क्रम निरन्तर चलिरहेको छ । यी घटनाहरूपछि राज्य सरकारले ११ जना इन्जिनियरलाई निलम्बन गरेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको सरकारले पुलको पुनर्निर्माण वा नयाँ पुल बनाउन आदेश दिएको छ ।

पछिल्ला दिनमा भत्किएका पुलमध्ये ६ पुल निकै पुराना थिए । अन्य तीन पुल निर्माणाधीन थिए । निर्माणाधीन पुल भत्किनुलाई इन्जिनियर र ठेकेदारलाई दोष दिइएको छ । पुल निर्माणबारे सावधान नभएको र निगरानी पनि राम्ररी नगरेको भन्दै विभिन्न पदमा रहेका ११ जना इन्जिनियरहरूलाई निलम्बित गरिएको छ ।

ठेकेदारमाथि पनि कारबाही हुने

१८ जुनमा बखरा नदीमाथि अररियामा बनिरहेको पुल भत्किएको थियो । त्यसयता अन्य दुई निर्माणाधीन पुल पनि भत्किएका छन् । यस मामिलामा चार जना इञ्जिनियरलाई निलम्बित गरिएको छ ।

दुई इन्जिनियर यसअघि नै निलम्बनमा परेका थिए ठेकेदारको भुक्तानी जाँच पूरा नहुँदासम्म रोकिएको छ । निरीक्षण टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि ठेकेदार र सल्लाहकारलाई अन्तिम कारबाही गरिने बताइएको छ । गएको १० वर्षमा भारतभरि २१४ वटा पुल भत्किएको तथ्यांक छ । – एजेन्सी 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search