Karnali Aawaj

Advertisement
Advertisement

विपन्न समुदाय संलग्न सहकारीहरुलाई लेखा तथा व्यवस्थापन तालिम

Advertisement

जाजरकोट । जिल्लाका विपन्न तथा सिमान्तकृत समुदाय संलग्न सहकारीहरुलाई लेखा तथा व्यवस्थापन तालिम दिइएको छ । सामाजिक विकास कार्यालयको लोपोन्मुख तथा सीमान्तकृत समुदायको लागि सचेतना अभिबृद्धि तथा अभिमूखिकरण तालिम कार्यक्रम अन्तरगत भिभिन्न १२ वटा सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई ३ दिने लेखा तथा व्यवस्थापन तालिम दिइएको हो ।

लक्षित वर्ग विषेश कार्यक्रम अन्तरगत कार्यालयबाट विउपुँजी प्राप्त गरेका सहकारीहरुका पदाधिकारीहरुलाई ३ दिने तालिम प्रादन गरिएको कार्यालय प्रमुख यज्ञश्वर खत्रीले बताए । प्रमुख खत्रीका अनुसार सहकारीहरुको उद्देश्य अनुरुप लेखा प्रणालीको अवलम्बनका साथै अन्य व्यवस्थापकीय पक्षको सुधारका लागि तालिमको आयोजना गरिएको हो ।

सहकारी अभियान्ता राजु केसी, प्रकाश कुमार चन्द लगायतले तालिमको सहजिकरण गरेका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै नौमुले महिला सहकारी संस्था कुशेकी अध्यक्ष बबिता चदाराले सहकारी संचालन गरेपनि यस सम्बन्धी सैधान्तिक ज्ञान नहुँदा समस्या झेल्दै आएकोमा तालिमबाट महत्वपूर्ण ज्ञान प्राप्त भएको बताइन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search