२४ असार २०८१ १६:०९
२४ असार २०८१ १६:०९
सुर्खेत । कर्णाली प्रदेशमा आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-६, हिलेशोतामा रुख ढलेर विद्युत तारमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो । कोहलपुर-सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीका जिल्लाहरू समेत विद्युत विहीन बनेका हुन् । विद्युत तार बनाउन अझै केही समय लाग्ने विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले बताए ।
