Karnali Aawaj

Advertisement
Advertisement

कर्णालीमा ५ दिनदेखि हवाइ सेवा ठप्प, ३ दिनदेखि राजमार्ग अवरुद्ध

Advertisement

सुर्खेत । अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको छ । त्यसैगरी कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउॅमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा शनिबार अबेरसम्म जारी रहेका कारण राजमार्गहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले नेपालगन्ज र सुर्खेतबाट हुने सबै हवाइ उडान रोकिएको रारा विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताए । ‘दैनिक ५ वटासम्म उडान हुन्थे, तर उडान रोकिएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरु अलपत्र परेका छन्,’ उनले भने, ‘कर्णाली राजमार्ग पनि अवरुद्ध भएपछि स्थानीयलाई थप सास्ती भएको छ ।’ उनका अनुसार हुम्ला र मुगुमा नेपालगन्ज र सुर्खेतबाट तारा, समिट र सिता एयरलाइन्सले उडान भर्दै आएका छन् ।

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत दैलेख-कालीकोट खण्डको दहीखोला, गगनेखोला, कालाखोला, हुल्मलगायत ठाउॅमा पहिरो गएको छ । त्यस्तै राप्ती राजमार्गको चोरखोला, अरिंगालेफेदी, सिमखोलीलगायत ठाउॅमा पहिरो खसेको छ । जसका कारण विभिन्न राजमार्गमा मात्रै झण्डै दुई सय सवारी साधन बीच बाटोमै रोकिएको प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी अर्जुनबहादुर चन्दले बताए । उनका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति नभए पनि केही घर बाढीपहिरोको उच्च जोखिममा छन् । जोखिममा रहेका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न थालिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search