Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटका एक युवा भारतको अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

Advertisement

जाजरकोट । जाजरकोटका एक युवा भारतको अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन । छेडागाड नगरपालिका ११ का बिजय बहादुर क्षेत्री ‘अन्तराष्ट्रिय गौरब अभिमान पुरस्कार’बाट सम्मानित भएका हुन ।

लघुबित्त कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका जनताको गरिबी न्यूनीकरण सहित आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था परिवर्तनका लागि उनले गरेको योग्दानको सम्मान गर्दै भारतको ‘ब्राण्डम्यान इन्डिया पि एण्ड पि’ नामक संस्थाले उनलाई सम्मान गरेको हो । कार्यक्रममा भारत सहित नेपाल, श्रीलंका, जापान र बङगालादेश लगायतका देशबाट करिव ७० भन्दा बढिको सहभागिता रहेको सम्मानित भएका युवा क्षेत्रीले बताए ।

विगत ११ बर्ष देखि लघुबित्त क्षेत्रमा रहि निरन्तर काम गर्दे आएका उनलाई सो क्षेत्रको निरन्तरता र इमानदारीका कारण यहि अषाढ १६ गते नयाँदिल्लीमा भएकाे कार्यक्रममा सम्मानित गरिएको हो ।

‘कर्मप्रतिको इमानदारीता र क्रियाशिलताले सम्मानित हुन पाएकोमा एकदमै खुशी छु, क्षेत्रीले भने अबका दिनमा पनि लघुबित्त कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका जनताको आर्थिक र वित्तीय स्तर उकास्न निरन्तर क्रियाशिल रहने छु ।’

क्षेत्री हाल उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था गण्डकी प्रदेश बागलुङ स्टेशनका कार्यालय प्रमुखका रुपमा कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search