Karnali Aawaj

Advertisement
Advertisement

Day: २८ असार २०८१ २२:२८

साउदीमा गाडीको ठक्करबाट जाजरकोटका युवकको मृत्यु

साउदीमा गाडीको ठक्करबाट जाजरकोटका युवकको मृत्यु

जाजरकोट । साउदी अरबमा गाडीको ठक्करबाट जाजरकोटका एक युवकको मृत्यु भएको छ । बैदेशिक रोजगारीका लागि ३ महिना अघि साउदी अरब गएका जाजरकोट भेरी नगरपालिका ५ सालटाकुराका ३१ वर्षका विश्वास चन्दको मृत्यु भएको हो । कामको शिलशिलामा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको खवर आएको उनका दाई नाता पर्ने नरबहादुर चन्दले बताए । मृतक चन्दका ३ भाई छोरा छन ।
Read More
जाजरकोटमा सर्पको टोकाइबाट अस्थायी आवासमा बसेकी बालिका घाइते

जाजरकोटमा सर्पको टोकाइबाट अस्थायी आवासमा बसेकी बालिका घाइते

जाजरकोट । सर्पको टोकाइबाट भेरी नगरपालिका ३ की एक बालिका घाइते भएकी छन । भेरी नगरपालिका ३ स्थित त्रिभुवन माविको चौरमा अस्थायी रुपमा बसोबास गरिरहेकी सुरेन्द्र नेपालीकी ८ वर्षकी छोरी सृष्टि नेपाली चौरमा खेल्ने क्रममा दायाँ खुट्टामा सर्पले डस्दा घाइते भएकी हुन । घाइते बालिकालाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएकोमा त्यहाँ सर्पदंश सम्बन्धि उपचार नभएकोले सुर्खेत पठाइएके प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ चंखेलीडाँ घर भएको सुरेन्द्रको परिवारलाई सो ठाउँ पहिरोको उच्च जोखिममा रहेकोले त्रिभुवन माविको चौरमा स्थानान्तरण गरि अस्थायी रुपमा बसालिएको छ ।
Read More
जाजरकोटका एक युवा भारतको अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

जाजरकोटका एक युवा भारतको अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

जाजरकोट । जाजरकोटका एक युवा भारतको अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन । छेडागाड नगरपालिका ११ का बिजय बहादुर क्षेत्री 'अन्तराष्ट्रिय गौरब अभिमान पुरस्कार'बाट सम्मानित भएका हुन । लघुबित्त कार्यक्रम मार्फत ग्रामीण क्षेत्रका जनताको गरिबी न्यूनीकरण सहित आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था परिवर्तनका लागि उनले गरेको योग्दानको सम्मान गर्दै भारतको 'ब्राण्डम्यान इन्डिया पि एण्ड पि' नामक संस्थाले उनलाई सम्मान गरेको हो । कार्यक्रममा भारत सहित नेपाल, श्रीलंका, जापान र बङगालादेश लगायतका देशबाट करिव ७० भन्दा बढिको सहभागिता रहेको सम्मानित भएका युवा क्षेत्रीले बताए । विगत ११ बर्ष देखि लघुबित्त क्षेत्रमा रहि निरन्तर काम गर्दे आएका उनलाई सो क्षेत्रको निरन्तरता र इमानदारीका…
Read More
धरापमा कर्णालीका झोलुंगे पुल

धरापमा कर्णालीका झोलुंगे पुल

कालीकोट । गत जेठ २७ गते अछामको पञ्चदेवल विनायक-५ र दैलेखको आठवीस नगरपालिका-४ जोड्ने खिड्कीज्यूलास्थित कर्णाली नदी माथिको झोलुंगे पुलको एकातिरको लठ्ठा चुडिँदा १४ वटा खच्चड पुलमै अड्किए । बिहान ९ बजे लठ्ठा चुडिएको पुलबाट खच्चडको उद्धार गर्न ५ घण्टा समय लाग्यो । स्थानीय जोरे रोकामगर र राजेन्द्र बोहोराका १४ मध्ये २ खच्चड उद्धारका क्रममा मरे भने १२ घाइते अवस्थामा कर्णाली नदीमा खसालेर बचाइयो । '२१ वर्ष पुरानो जीर्ण पुल मर्मतमा न त स्थानीय सरकारले ध्यान दिए, न संघीय सरकारको नै आँखा गयो । पुलको लठ्ठा खिया लागेर जोखिममा रहेछ,' खच्चड धनी राजेन्द्रले कान्तिपुरसँग भने, 'एकै पटक धेरै वजन (तौल))…
Read More
दैलेखको दुल्लुमा बिहे गर्न वडाको अनुमति लिनुपर्ने

दैलेखको दुल्लुमा बिहे गर्न वडाको अनुमति लिनुपर्ने

दैलेख । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो । वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो । असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो । वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको…
Read More
जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

जाजरकोट । जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते भएका छन । भेरी नगरपालिका–४ स्थित गणेश वलीको घर निर्माणका क्रममा गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई लागेको करेन्टले ३ जना घाइते भएका हुन । घाइते हुनेहरुमा भेरी नगरपालिका ७ का २६ वर्षिय चन्द्रप्रकाश घर्ती, सल्यान जिल्ला कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, र ३२ वर्षीय दिपक रावत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक माधब विश्वकर्माले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा जाजरकोटमा उपचार भइरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search