जाजरकोट । साउदी अरबमा गाडीको ठक्करबाट जाजरकोटका एक युवकको मृत्यु भएको छ ।
बैदेशिक रोजगारीका लागि ३ महिना अघि साउदी अरब गएका जाजरकोट भेरी नगरपालिका ५ सालटाकुराका ३१ वर्षका विश्वास चन्दको मृत्यु भएको हो ।
कामको शिलशिलामा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको खवर आएको उनका दाई नाता पर्ने नरबहादुर चन्दले बताए । मृतक चन्दका ३ भाई छोरा छन ।




