काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न ध्यानाकर्षण गराए ।
‘संविधान संसोधनको कुरा आइरहेको छ । बाँके र बर्दिया कर्णाली प्रदेशको अंग बन्नुपर्ने थियो । अहिले लुम्बिनी प्रदेशमा छौँ । सामाजिक, सांस्कृतिक आर्थिक र भूगोलको हिसाबले बाँके र बर्दिया कर्णालीको अंग बन्यो भने सो क्षेत्रको समृद्धिको लागि नयाँ आयाम निर्माण हुन्छ । सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
हरेक हिसावले कर्णालीलाई बाँके र बर्दिया आवश्यक भएको र बाँके र बर्दियालाई पनि कर्णाली तिरै समावेश हुँदा सहज हुने उनको भनाई छ ।




