Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

Day: ९ श्रावण २०८१ १६:१२

‘नखोज्नू’ – क्षितिज समर्पण

‘नखोज्नू’ – क्षितिज समर्पण

ए मान्छे - मलाई नखोज्नू ! भेटिने छैन म - कुनै अनाम देउरालीहरूमा जहाँ- उकालो उक्लिरहेका होऊन् मेरा पैतालाहरू जहाँ- ओरालो झरिरहेका होऊन् मेरा पैतालाहरू पर्खिरहेको हुनेछैन कसैलाई- कुनै चौतारीहरूमा हिंडिरहेको हुनेछैन- सपनाका राजमार्गहरूमा ओढेर बादलको बर्को छोपेर हावाको सर्को म नाँचिरहेको हुनेछैन कतै! हुनसक्छ- वेवास्ताको अक्करे पहाडले थिचेपछि म हिंडिरहेको हुनेछु- कुनै निर्जन डाँडाहरूमा हुनसक्छ- अकर्मण्यताले न्याँकेपछि- अनकन्टार प्रान्तहरूमा म घृणाको अँध्यारो निलेर हिंडिरहेको हुनेछु- चिसा पहाडहरूमा वा, हुनसक्छ- ग्लानीका अँध्यारा गल्लीहरूमा बाँचिरहेको हुनेछु- आँसुको घुटनसित! ओ! मान्छे! अब मलाई नखोज्नू नहेर्नू- तिम्रा आँखाहरूमा नछाम्नू- परेलीहरूमा नखोज्नू- ओठहरूमा म खसिरहेको हुने छैन- आँसु बनेर म बसिरहेको हुने छैन- खुशी…
Read More
बाँके र बर्दियालाई कर्णालीमा गाभ्न सांसद गौतमको माग

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न सांसद गौतमको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन ।  मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न ध्यानाकर्षण गराए । ‘संविधान संसोधनको कुरा आइरहेको छ । बाँके र बर्दिया कर्णाली प्रदेशको अंग बन्नुपर्ने थियो । अहिले लुम्बिनी प्रदेशमा छौँ । सामाजिक, सांस्कृतिक आर्थिक र भूगोलको हिसाबले बाँके र बर्दिया कर्णालीको अंग बन्यो भने सो क्षेत्रको समृद्धिको लागि नयाँ आयाम निर्माण हुन्छ । सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । हरेक हिसावले कर्णालीलाई बाँके र बर्दिया आवश्यक भएको र बाँके र बर्दियालाई पनि कर्णाली तिरै समावेश…
Read More
एकीकृत समाजवादीका भेरी नगर अध्यक्ष खड्का एमालेमा फर्किए

एकीकृत समाजवादीका भेरी नगर अध्यक्ष खड्का एमालेमा फर्किए

जाजरकोट । नेकपा (एकीकृत समाजवादी) पार्टीका भेरी नगर कमिटी अध्यक्ष मोहन खड्का एमालेमा फर्किएका छन । खड्काले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर एकीकृत समाजवादी पार्टी परित्याग गरि एमालेमै फर्किएका हुन । उनलाई पार्टी महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन । पार्टी विभाजन कै बेलादेखि एमाले छोडेर समाजवादीतिर लागेका खड्काले पार्टी नेतृत्वले भन्ने र गर्ने व्यवहार फरक देखाएकोले पुरानै पार्टीमा फकिएको बताए । 'जुन उद्देश्यले पार्टी विभाजन भयो, विभाजनको बेला जे भनिएको थियो त्यसो देखिएन खड्काले भने, समाजवादी पार्टी अरुकै भरिया मात्र हुने देखिएकोले पुरानो पार्टीमा फकिएको हुँ ।' एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमान बहादुर खड्काका विश्वास पात्र रहेका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search