Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः केसी

Advertisement

खलंगा । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो साधारण सभा विहिवार खलंगामा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन र विभिन्न समसामयिक निर्णयहरु गर्दै प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको सांगठनिक तथा आर्थिक प्रस्तावलाइ सर्वसम्मत रुपमा पारित गरेको साधारण सभाले जनक केसीलाइ पुन अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । साधारण सभाको वन्दसत्रले प्रतिष्ठानको उपाध्यक्षमा खम्वजंग शाह, रीता पुन, सचिवमा दलवहादुर सिंह, कोषाध्यक्षमा शोभा सिंह, सहसचिवमा हेमन्तकुमार खत्री, सदस्यहरुमा साधना केसी, सहदेवजंग शाह, नारायणी शाह, मीना शाह, टवीन कार्की, कालीबहादुर नेपाली, मोहन खड्कालाई चयन गरेको छ ।

साधारण सभाले भूकम्पपछि जाजरकोटका सातै स्थानीय तहमा क्षतिग्रस्त ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुका संरचनाहरु वारेको लगत संकलन गर्न स्थानीय तहको समन्वय र सहयोगमा आवस्यक कार्य गर्ने निर्णय समेत गरेको छ । यस्तै प्रतिष्ठानले जिल्लाको कला सँस्कृति इतिहास तथा सवै प्रकारका सम्पदाहरुको संरक्षण गर्न सन्चालन गरेका विभिन्न अभियान,कार्यक्रम र कार्यहरुमा नैतिक, भौतिक आर्थिक रुपले साथ सहयोग र समर्थन गर्ने सवै संघसंस्था व्यक्ति, सरकार र समुदायलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।

साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जिल्लामा सम्पदा संरक्षणमा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले प्रतिष्ठानका अभियानमा सवै जाजरकोटवासीहरुले साथ दिनु पर्ने बताए । यस्तै कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लामा सम्पदा प्रतिष्ठान स्थापना हुनु निकै खुसी र गर्वको कुरा भएको बताए । उनले हराउँदै गएको सँस्कृति र लोप हुँदै गएका सम्पदाहरुलाई जोगाउने पहल गर्ने प्रतिष्ठानको उद्देश्य र काम निकै प्रशंसनीय रहेको बताए ।

यस्तै कार्यक्रमाम भेरी नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वसन्तप्रसाद शर्माले जिल्लामा सम्पदा संरक्षणका लागि प्रतिष्ठानले गरेको पहल धन्यवाद दिन लायक भएको बताए । उनले प्रतिष्ठानको काम र अभियानमा आफुले पनि सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव भरत शर्माले प्रतिष्ठानको अगुवाइमा भइरहेका गतिविधिहरुले जिल्लाको पहिचानलाई बचाइराख्न सहयोग पुगेको बताए । जिल्लाको ऐतिहासिक तथा साँस्कृतिक क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा आवश्यक प्रचारप्रसारमा प्रतिष्ठानले महत्वपूर्ण कार्य गरेको भन्दै सचिव शर्माले यस्ता कार्यमा सन्चार क्षेत्रको तर्फबाट पनि सहयोग हुने बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जनक केसीले आफनो माटो प्रतिको गहिरो मायाकै कारण आफुले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान स्थापनाको पहल लिएको बताए । आफनो मौलिकता, इतिहास कला सँस्कृति र सम्पदा जोगाउने अभियानलाई सबै जाजरकोटीको साथ लिएर सफल बनाउन आफु प्रतिबद्ध रहेको अध्यक्ष केसीले बताए । 

अध्यक्ष केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रीता पुनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कालीवहादुर खत्रीले साधारण सभाको उद्घाटन गरेका थिए । प्रतिष्ठान आजभन्दा साढे दुइ वर्षअघि स्थापना भएको थियो । हाल यस प्रतिष्ठानमा तीन जना मानार्थ, ५५ जना आजीवन र ८ जना साधारण सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search