१८ आश्विन २०८१ १६:५६
१८ आश्विन २०८१ १६:५६
खलंगा । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो साधारण सभा विहिवार खलंगामा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन र विभिन्न समसामयिक निर्णयहरु गर्दै प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको हो । संस्थाको सांगठनिक तथा आर्थिक प्रस्तावलाइ सर्वसम्मत रुपमा पारित गरेको साधारण सभाले जनक केसीलाइ पुन अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । साधारण सभाको वन्दसत्रले प्रतिष्ठानको उपाध्यक्षमा खम्वजंग शाह, रीता पुन, सचिवमा दलवहादुर सिंह, कोषाध्यक्षमा शोभा सिंह, सहसचिवमा हेमन्तकुमार खत्री, सदस्यहरुमा साधना केसी, सहदेवजंग शाह, नारायणी शाह, मीना शाह, टवीन कार्की, कालीबहादुर नेपाली, मोहन खड्कालाई चयन गरेको छ । साधारण सभाले भूकम्पपछि जाजरकोटका सातै स्थानीय तहमा क्षतिग्रस्त ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुका…
