जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की देवका लामिछाने विजयी भएकी छन । आज विहान सम्पन्न मत गणना अनुसार लामिछानेले ४ हजार २ सय ७२ मत ल्याएर उपमेयरमा विजयी भएकी हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्याइन । त्यस्तै, नेकपा एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गरिन भने रास्वपाका पार्वती पुनले १ सय ७९ मत मात्र पाइन ।
यस क्षेत्रमा २०७९ को स्थानीय निर्वाचनमा काङ्ग्रेस-माओवादी केन्द्रको गठवन्धनबाट कांग्रेसकी सरिता सिंहले ५ हजार ४ सय ६ मत पाएर विजयी भएकी थिइन । २०८० कार्तिक १७ को भूकम्पमा परि उपप्रमुख सिंहको मृत्यु भएपछि यस पालिकाको उपप्रमुख पदका लागि उपनिर्वाचन भएको हो ।
कुशे–७ को वडाध्यक्षमा कांग्रेसको जीत
कुशे गाउँपालिका–७ को वडाध्यक्षमा भने नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् ।
कांग्रेसका सिंह ३४७ मतसहित विजयी भएका हुन । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे । उक्त वडामा यसअघि माओवादी केन्द्रले जितेको थियो ।
निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बर बादुर घर्तीले २५२ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरे ।




