Karnali Aawaj

Advertisement
Advertisement

स्थानीय सेवा ऐनमा देखिएको समस्या समाधान गर्छौं : मुख्यमन्त्री कँडेल

Advertisement

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय सेवा ऐन, २०८१ मा देखिएका विवाद सुल्झाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

गत असोज २९ गते जारी गरेको स्थानीय ऐनले कर्मचारीहरुको वृृत्ति विकासमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश कार्य समितिले आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला मुख्यमन्त्री कँडेलले समस्या समाधानका लागि आवश्यक छलफल भइरहेको बताएका हुन ।

ट्रड युनियनले संशोधन गर्नुपर्ने १४ बुदे दफा र उपदफाहरु मुख्यमन्त्री, सत्ता साझेदार दलका प्रमुख, कानून मन्त्रालयका सचिव समक्ष पेश गरिसकेको छ । सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारीलाई आन्दोलनमा होमिन सुर्खेत आउन सञ्जालले अपिल गरिसकेको छ ।

ट्रेड युनियनसँगको छलफल सकरात्मक भएको भन्दै मुख्यमन्त्री कँडेलले ऐन संशोधनका लागि आवश्यक प्रक्रिया छिट्टै थालिने बताए । ‘अन्तिम ऐन हैन्, शुरुवाती विन्दु भएकाले यसमा कसका कहाँ विमति छन्, कसलाई सम्बोधन गर्न सकेन ति विषयमा अध्ययन गरेर सुधार गर्दै अगाडी बढ्छौं,’ मुख्यमन्त्री कँडेल भन्छन्, ‘बजेट कार्यान्वयनको दरिलो खम्बा कर्मचारी भएकाले उहाँहरुकै हितका लागि ल्याएको ऐनमा देखिएका समस्या समयानुकल बनाउन छलफल सकरात्मक छन्, हामी सुधार गर्छौं ।’

काम रोकेर प्रदेश राजधानी वीरेन्द्रनगरमा आएर कर्मचारीले आन्दोलन गर्ने परिस्थिति आउन नपर्नेगरी सरकार लागिरहेको र त्यहीँ अनुसार कर्मचारीले बुझ्नुपर्ने उनि बताउछन । गत असोज २९ गते जारी गरेको ऐनले कर्मचारीहरुको वृृत्ति विकासमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश कार्य समितिले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search