१७ माघ २०८१ २०:४१
१७ माघ २०८१ २०:४१
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय सेवा ऐन, २०८१ मा देखिएका विवाद सुल्झाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । गत असोज २९ गते जारी गरेको स्थानीय ऐनले कर्मचारीहरुको वृृत्ति विकासमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश कार्य समितिले आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला मुख्यमन्त्री कँडेलले समस्या समाधानका लागि आवश्यक छलफल भइरहेको बताएका हुन । ट्रड युनियनले संशोधन गर्नुपर्ने १४ बुदे दफा र उपदफाहरु मुख्यमन्त्री, सत्ता साझेदार दलका प्रमुख, कानून मन्त्रालयका सचिव समक्ष पेश गरिसकेको छ । सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारीलाई आन्दोलनमा होमिन सुर्खेत आउन सञ्जालले अपिल…
