खलंगा । भेरी नगरपालिका र स्वास्थ्य कार्यालय जाजरकोट बिचको टि-२० क्रिकेट प्रतियोगितामा भेरी नगरपालिकाले जित हात परेको छ ।
सदरमुकाम स्थित त्रिभुवन माविको खेल मैदानमा शनिवार विहान भएको खेलमा स्वास्थ्य कार्यालयलाई ४१ रनले हराउँदै भेरी नगरपालिकाले जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नगरपालिकाको टिमले ७ विकेटको क्षेतीमा १ सय ८८ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको स्वास्थ्य कार्यालय टिम १५ ओभरको समाप्तिमा १ सय ४६ रनमा अल आउट भएको हो ।

जितका लागि भेरी नगरपालिकाको टिमबाट सर्वाधिक नविन वली र प्रकाश घर्तीले समान ४७ रनको साझेदारी गरे । त्यस्तै धर्म प्रकाश घर्तीले ३१ रन र क्याप्टेन राजेन्द्र बहादुर कठायतले २१ रन जोडे ।
नगरपालिकाको टिमबाट नविन वलीले सर्वाधिक ५ विकेट लिएका छन । त्यस्तै निर्मल सिहले ३ विकेट लिएका छन भने दिनेश खड्का र प्रकाश घर्तीले समान १/१ विकेट लिए ।
स्वास्थ्यको टिमबाट नरेश चौधरीले सर्वाधिक ३८ रन जोडेका थिए भने निराजन शाहीले १७ तथा झलक चन्दले ९ रन जोडेका थिए । कृष्ण खड्का, सुरेश शाही र कृष्ण शाहीले समान २/२ विकेट लिकेका थिए भने निराजन शाहीले १ विकेट लिएका थिए ।
प्रतियोगितामा १० हजार नगद बाजि रहेको नगरपालिका टिमका क्याप्टेन राजेन्द्र बहादुर कठायतले जानकारी दिए ।




